मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ

मंगलबार, असोज २२, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् । 

सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड (केयुकेएल)का विभिन्न वितरण शाखामार्फत वितरण गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए । 

‘मन्त्रीज्यू र मेलम्ची संघर्ष समितिबिच सोमबार रातिसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ ।

बर्खा सुरु भएसँगै धमिलो आउन थालेपछि गएको असार १० देखि पानी ल्याउन बन्द गरिएको थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १९:२८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार