मैत्रीपुर्ण फुटसल खेलमा महिला प्रहरी दैलेख विजयी

बुधबार, असोज २३, २०८१

दैलेख, ६९ औं प्रहरी दिवसको पुर्व सन्ध्यामा जिल्ला प्रहरी कार्यलय दैलेखको आयोजनामा भएको मैत्रीपुर्ण फुटसल खेलमा प्रहरीले विजय हासिल गरेको छ । मंगलबार महिला कराते खेलाडि (गढी डोजो दैलेख)  र प्रहरी महिला (जिल्ला प्रहरी कार्यलय दैलेख) बिच भएको  मैत्रीपुर्ण खेलमा महिला प्रहरीले बिजय हासिल गरेको हो ।

मैत्रीपुर्ण खेलमा दैलेख जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक सुनिल दाहाल प्रमुख अतिथी रहेका थिए भने कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य हेमा खड्का बिशेष अतिथी रहेकी थिइन । यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनार, सोसेक नेपाल दैलेखका सामाजिक सहजकर्ता मनिसा शाही, दुबै टिम ब्यवस्थापक समितीका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा खेलाडी, स्थानीय भद्रभलादमी, बिद्यार्थी महिला, अन्य कर्मचारी सहितको उपस्थित रहेको थियो । मैत्रीपुर्ण फुटसल खेल संचालन भएकोमा जिल्ला प्रहरी कार्यालय दैलेखको टिमले ० बिरुद्ध २ गोल गर्दै जित हासिल गरी खेल मैत्रीपुर्ण बातारणमा सकिएको थियो । बिजेता टिम र सहभागी टिम खेलाडी, ब्यवस्थापक समितिका सदस्यहरु, उपस्थित अन्य कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी र बिषेश अतिथिले धन्यवाद ज्ञापन  गर्दै कार्यक्रममा विशेष अतिथि खडकाले महिला प्रहरी टिमलाई बधाइ दिएकी थिइन । दुबै टिमको खेल उत्कृष्ट भएको, बिना लगानी, बिना तयारी आकस्मिक योजनाले गराइएको उक्त खेल एकदम हेर्ने लायक भएको विशेष अतिथिी खडकाले बताइन । 462534363_526992656716136_7050208192504857255_n-1728473774.jpg
जिल्लाको पालिका सघं सस्थाले यो भन्दा अघि कर्णाली प्रदेश खेलकुद बिकास परिषदले प्रदेश स्तरीय महिला भलिबल छनोट प्रतियोगिता गरायता पनि जिल्लाको हकमा महिलाका लागि घैटा फुटाल्ने,Musical Chair भन्दा कुनै गतिबिधि भएको थिएन । 

महिला कराते खेलाडि (गढी डोजो दैलेख)  र प्रहरी महिला (जिल्ला प्रहरी कार्यलय दैलेख) बिच भएको मैत्रीपुर्ण खेल वास्तबमा साच्चिकै प्रतिभावान महिला खेलाडिको खेल रहेको विशेष अतिथी खडकाले बताइन । यो कार्यक्रमले खेलाडीहरुमा छुट्टै खालको उमङ्ग छाएको कुरा समेत जिल्लाका नेतागण, जनप्रतिनिधिले बताएका छन ।

 यस्ता प्रतियोगिताले जिल्लामा लुकेका प्रतिभावान खेलाडी पहिचान गर्ने, खेलाडी उत्पादनमा जोड दिने, महिलाका लागि पनि अवसरहरुको बाटो खुल्ने खडकाको भनाइ छ ।  पछिल्लो चरणमा एसियन च्याम्पियन  खेल देखि ओल्म्प्याड सम्म  मात्र महिलाले राष्ट्र चिनाएको सर्बबिधितै भएको कुरालाई सकरात्मक रुपले लिनु पर्ने विशेष अतिथी खडकाको धारणा छ ।

महिला खेलाडिका लागि पनि लगानी र  खेल पुर्बाधारका साथै प्रशिक्षक मुख्य आवश्यक रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य हेमा खड्काले बताइन ।462534384_8092142800890115_4293121151141956412_n-1728473810.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार