पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बयान सुरु

सोमबार, कात्तिक ५, २०८१

कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले उनीसँग बयान लिन थालेका हुन् । 

कानुनी प्रक्रिया अनुसार बयान लिने काम सुरु भएको कास्कीका एसपी श्यामबाबु ओलियाले  बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् । उनीबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सो सहकारीको रकम अपचलन गरेको आरोप छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार