सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । परम्परागत रूपमा लाग्दै आएको रादेउ मेलाको अवसरपारि छेडागाड नगरपालिका वडा नम्बर ६ सुवानाउलीमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
६ नम्बर वडाको आर्थिक सहयोग र मेला ब्यबस्थापन समितिको ब्यबस्थापनमा भलिबल सम्पन्न भएको हो । वडा कार्यालयले खेल आयोजनाको लागि ५० हजार आर्थिक सहयोग गरेको थियो । भलिबल आयोजनाको उदघाटन कार्यक्रम जनबिकास माविको प्राङ्गणमा भएको थियो । खेलमा २० टिमको सहभागिता थियो ।
कार्तिक ३ गते बाट सुरु भएको खेल तीन दिन संचालन पछि ५ गते सम्पन्न भएको छ । प्रतियोगितामा छेडागाड नगरपालिका १२ मनघाटको टिमले प्रथम स्थान हासिल गर्यो भने आयोजक टिमले दोश्रो र छेडागाड नगरपालिका ५ बडाबनको टिमले तेस्रो स्थान हासिल गरेको थियो । आयोजक टिमले खेलाडीहरु प्रथम लाई नगद २० हजार पुरस्कार, मेडल र प्रमाणपत्र दोस्रो लाई नगद १५ हजार मेडल र प्रमाणपत्र तेस्रोलाई नगद १० हजार पुरस्कार मेडल र प्रमाणपत्र हस्तान्तरण गरि सम्मान गरेको थियो । दुई / दुई जना रेफ्रिलाई पनि मेडल सम्मान पत्र र १/१ हजार नगद सहित सम्मान गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै छेडागाड ६ का अध्यक्ष भक्त बहादुर थापाले वडा कार्यलयले आयोजना गरेको भलिबल प्रतियोगितालाई भब्य र सभ्य सानदार रूपमा समापन गर्नको लागि दिन रात अहोरात्र खटिने सम्पूर्णलाई धन्यवाद दिएका थिए । युवाहरुले धेरै चासो गरेकोले आफुले युवाहरुको ईच्छा पुरा गरिदिन वडा बाट बजेट बिनियोजित गरिदिएको अध्यक्ष थापाले बताए ।
खेल र यस्ता प्रतियोगितालेस्वयम् व्यक्तिको स्वास्थ र राष्ट्रलाई नै टेवा पुग्ने वडा अध्यक्ष थापाको भनाइ छ । यस्तै खेलमा चाईने सामाग्रीहरु मध्ये आयोजक टिमलाई पोसाक सौजन्य छेडागाड नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सह-संयोजक दिपक खड्काले आफ्न स्वर्गीय बुवा कर्ण बहादुर खडकाको सम्झनामा उपलब्ध गराएका थिए ।
बल, नेट, पम्प लगायत अन्य सामाग्री किन्नको लागि बि.सी. मेडिकल हल सुवानाउलीका संचालक जय बहादुर बि.सी., जुनिचादे सितल होटल रादेउका संचालक हरि बहादुर बस्नेत, शिक्षक एवम् प्रसान्त होटल रादेउको संचालक खडक प्रसाद शर्मा र चन्द्र सुर्य हार्ड वयर पिपिरा सुर्खेतको संचालक यज्ञश्वर आर.सी., जन बिकास माबिको पुर्ब प्र.अ. एवम् अंग्रेजी शिक्षक बिरेन्द्र जैसीले आर्थिक सहयोग गरेका थिए ।
समापन कार्यक्रमको सभा अध्यक्ष मेला ब्यबस्थापन समिति संयोजक पुर्ण बहादुर खड्काले गरेका थिए । प्रमुख अतिथि छेडागाड ६ का अध्यक्ष भक्त बहादुर थापा थिए भने कार्यक्रमको संचालन लालआवाज साप्ताहिकका पत्रकार के पि शर्मा न्यौपानेले गरेका थिए ।