सहकारी ठगी प्रकरणमा सरकारको पक्षपात : माओवादी

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले रवि लामिछानेमात्रै नभइ सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेललाई पनि कारबाही गर्नुपर्ने बताएको छ ।

नेकपा माओवादी केन्द्रले आज गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले सहकारी ठगी प्रक्रियामा राज्यले पक्षपाती व्यवहार गर्न नहुने बताएका हुन् । ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, त्यसैगरी नेकपा एमालेका ऋषिकेष पोखरेललगायतका लाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ,’, उनले भने ।

सापकोटाले आफूहरु सहकारी पीडितकै पक्षमा रहेको र उनीहरुको फसेको रकम फिर्ता हुनुपर्ने भन्नेमै रहेको सुनाए । उनले पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मात्रै पक्षमा नरहेको बताउँदै भने, ‘अदालती प्रक्रियामा गइसकेको छ । विरोध प्रदर्शन उहाँहरुकै कार्यकर्ताले गरिरहेको हो । तर, पक्षपाती हुनुहुँदैन, दोहोरो मापदण्ड गर्नु हुँदैन भन्ने हो ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार