आफू भाग्यशाली परराष्ट्रमन्त्री : आरजु

शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै कमी रहेको बताएकी छन् । यद्यपि प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि तोकिएको सबै काम गर्न सकेको उनले बताइन् ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले मन्त्रालयमा आउँँदा कामको ‘ओभर लोड’ खेलेको सुनाइन् । त्यसका बाबजुद कर्मचारीले निकै मिहिनत गरेको भन्दै उनले भनिन्, ‘परराष्ट्र नीति, इकोनोमिक्स डिप्लोमेसी र डायस्पोरालाई दिनुपर्ने सर्भिसेसका लागि नेपालको परराष्ट्र मन्त्रालयलाई चाहिने स्रोत साधन चाहिं कमी रहेछ । मलाई एकदमै कमजोर महसुस भयो ।’

इकोनोमिक्स डेप्लोमेसीका लागि छुट्टै डिभिजन समेत नभएको उनले सुनाइन् । मन्त्री राणाले भनिन्, अर्को चाहीँ विदेशमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई जति सेवा दिनुपर्ने थियो, त्यो दिन सक्ने जनशक्ति र अनलाइन टेक्नोलोजीहरु अभाव रहेछ । धेरै कुराको कमी भएको पाएँ ।’

वर्षौंदेखि ओएनएम नभएको तर कस्तो संरचना चाहिन्छ भन्ने अध्ययन नगरी चलेको पाएको उनले सुनाइन् । आफ्नो १०० दिनमा ओएनएम (संगठन तथा व्यवस्थापन) गर्न सफल भएको भन्दै परराष्ट्रमन्त्री राणाले भनिन्, प्रधानमन्त्री, अर्थमन्त्री, सामान्य प्रशासन मन्त्री अर्कै पार्टीको हुनुहुन्छ । तर उहाँहरु र म मिलेर यतिका वर्षसम्म पास नभएको ओएनएम पास गर्न सफल भयौं ।’

अगाडि भनिन्, दुई पार्टीको प्रतिनिधित्व गरेर काम गर्ने मौका पाएको छु । मैले आफूलाई भाग्यशाली परराष्ट्रमन्त्री ठानेको छु ।’ दुई ठूलो दलको सरकार भएकाले एलडिसी, एशिएन कोअपरेशन डाइलग, विमस्टेक जस्ता फोरममा दूरदर्शी हिसावले प्रस्तुत हुनसकिन्छ भन्ने लागेको समेत उनले सुनाइन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार