राहत बितरण

वन उपभोक्ता महासंघद्वारा जुनीचाँदेमा राहत बितरण

शुक्रबार, पुस २७, २०८०

२७ पुस, जाजरकोट । जाजरकोट जुनीचाँदे गाउँपालिका वडा नम्बर ३ मा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वडाबासी भुकम्प पीडित, जेष्ठ नागरिक  एकल महीला,अपांग र अति विपन्न नागरीकहरुलाई राहत वितरण गरेको छ ।

महासंघका जिल्ला अध्यक्षको नेतृत्वमा १४० थान कमल र जकेट थान ६० बितरण गरेको छ । ३ नम्बर वडाको कार्यालयमा एक कार्यक्रम गरेर सामुदायिक वन उपभोक्ता महासंघ नेपालका जिल्ला अध्यक्ष प्रेमबहादुर कार्की, नेकपा एमाले कर्णाली प्रदेश कमिटीका भुतपूर्व उपाध्यक्ष तथा छेडागाड नगरपालकिाका पुर्व नगर प्रमुख लालबहादुर महतारा र जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीको  सहभागतिा रहेको थियो ।

कार्यक्रममा आफ्नो धारण राख्दै जिल्ला महासंघका अध्यक्ष प्रेमबहादुर कार्कीले जाजरकोटी जनतालाई भुकम्पको समयमा उद्दारदेखी हालसम्म जनताको विचमा रहेर स्थानीय र जिल्ला महासंघले अस्थायी टहरा निर्माण सम्म महत्वपूर्ण भुमिका खेलरिहेको र अझै पनि लागिरहेको बताए । नेकपा एमाले नेता लालबहादुर महताराले दुखको यस्तो समयमा  महासंघले सके जती भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको अधिकांश ठाँउमा राहत बितरण गरेकोमा धन्यवाद दिएका थिए ।

417673768_387060020506626_1742781750919566185_n-1705055541.jpg
गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीले बिकट जुनीचाँदेमा पुन्यकामका लागी पहल कदमी गर्ने महासंघलाई पालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए भने वडा नं ३ का वडा अध्यक्ष जयबहादुर खड्काले आफ्नो वडालाई केन्द्र बनाएर आउने पहिलो सहयोगी दाता  सामुदायिक वन उपभोक्ता महासंघ भएको र यसका लागी महासंघलाई वडा नं ३ ले सधैं सम्झी रहने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार