एमाले काँग्रेस विवाद : एमाले जनप्रतिधिले गरे पोखराको कार्यपालिका बैठक बहिस्कार

बिहीबार, कात्तिक १५, २०८१

पोखरा । पोखराका मेयर धनराज आचार्यले करारमा रहेका कर्मचारीका विषयमा छलफल गर्न डाकेको कार्यपालिका बैठक एमाले जनप्रतिनिधिले बहिस्कार गरेका छन् ।

लोकसेवाबाट बढुवा तथा सिफारिस भएर दरबन्दीमा कर्मचारी आइसकेपछि करारका कर्मचारी हटाउन कांग्रेसका प्रतिनिधिले दबाब दिएपछि आज कार्यपालिका बैठक बोलाएका थिए ।

बुधबार ताला लगाउन आएका कांग्रेसका प्रतिनिधिलाई बिहीबार बिहान बैठक डाकेर निर्णय गर्ने भन्दै कार्यपालिका सदस्यलाई बोलाएका थिए ।

बैठकमा २२ वडाध्यक्षसहित कांग्रेसका प्रतिनिधि आए पनि एमालेका प्रतिनिधिले असहमति जनाउँदै बहिस्कार गरेका हुन् । बैठकमा कांग्रेका २२ वडाध्यक्षसहित उपस्थित छन् । ४३ जनाको कार्यपालिकामा एमालेका १० वडाध्यक्षसहित १७ जना जनप्रतिनिधिले बैठक बहिस्कार गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार