विप्लव नेकपाको सामूहिक खेती

शुक्रबार, कात्तिक १६, २०८१

बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ ।

सैनामैना नगरपालिका–५ गढवाको एक बिघा जमिनमा बिहीबार पार्टीका रुपन्देही इन्चार्ज वसन्त सी, सेक्रेटरी वीरेन्द्र सी लगायत नेता कार्यकर्ताले श्रमदान गर्दै आलु रोपेका छन् ।

आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यअनुसार कृषि उत्पादनमा संलग्न भएको इन्चार्ज वसन्त सीले बताए । अनलाइनखबर

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार