सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माघ ११, जाजरकोट । छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डागीले नगरपालिकामा मनोमानी गरेको खुलेको छ । कार्यपालिका र जनप्रतिधिको अधिकारलाई लत्याउँदै उनले मनोमानी गरेर आफुखुशी कर्मचारी राखेका छन ।
नगरपालिकामा यसअघि गाडी सवारी चालक स्थानीय अजय थापा हुँदाहुँदै जुम्ला गुठीचौरका प्रकाश बुढालाई उनले गत असोज देखि मनोमानी रुपमा हलुका सवारी चालकमा नयाँ नियुक्ती दिएका छन । स्थानीय जनशक्ती हुँदाहुँदै उनले बाहिरको जनशक्ति ल्याएर नियुक्ती दिने कुराले स्थानीय आक्रोशित छन । उनको मनोमानीले कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट छन तर यो विषयमा बोल्न नसकेको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताए । उनको मानोमानी अगाडी जनप्रतिनिधि मुकदर्शक छन ।
नगरपालिकामा सवारी चालक करारमा नियुक्ती गर्दा कार्यपालिकाबाट निर्णय र सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेमा उनले कुनै जानकारी नगराई मनोमानी नियुक्ती दिएका हुन । कर्मचारी नियुक्तीको सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको नगर प्रमुख रत्न बहादुर खडकाले बताए । नगर प्रमुख खडकाले प्रशासकीयले कर्मचारी राखेको बारेमा जानकारी नभएको र आफुले यसबारेमा थप बुझ्ने बताए । नगरपालिकाका बिभिन्न आयोजनाका काममा विधि प्रक्रिया पुराभई भुक्तानी दिनुपर्नेमा कमिशनको चक्करमा भुक्तानी ढिला गर्ने गरेको व्यापक गुनासो भइरहेको छ ।
नगर उपप्रमुख चन्द्र बहादुर थापाले कार्यपालिकामा यो विषय छलफल हुने बताए । उनी प्रशासकीय भएर आएपछि नगरपालिकामा हुने प्राय काम निर्णय विनै भइरहेका छन । प्रशासकीय अधिकृत डागी यसअघि पनि विवादित पात्र हुन । उनी बाँकेको राप्तीसोनारी गाउँपालिका र जानकी गाउँपालिकामा हुँदा पनि विवादित बनेका थिए ।