रवि लामिछानेलाई अदालतमा पेस गरिँदै

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुन: अदालत पेश गर्दैछ । जिल्ला अदालतले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुन: अदालतमा उपस्थित गराइन लागेको हो ।

यसअघि अदालतले रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार