कोहलपुर नगरपालिकाले गर्यो २ नं वडामा अनुगमन

आइतबार, मंसिर २, २०८१

बाँके । कोहलपुर नगरपालिकाले वडा नं २ मा अनुगमन गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी सहित नगरपालिकाको संयुक्त अनुगमन टोलीले आइतबार शिक्षा, स्वास्थ्य र वडा कार्यालयको अनुमगन गरेको हो ।

टोलीले कोहलपुर नगरपालिका वडा नं. २ स्थित लक्ष्मी मा.वि.बर्दहवा, २ नं. वडा स्थित आधारभूत स्वास्थ्य संस्था र २ नं. वडा कार्यालयको अनुगमन र सुपरिवेक्षण गरी सुधार गर्नु पर्ने पक्षहरुमा आवश्यक सुझाव प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत गिरीले जानकारी दिए ।

अनुगमनको सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले विकासका सवै पक्षमा सरोकारवालाको विश्वास र साथ लिएर अगाडि वढ्ने र सुधारमा क्रमिक रूपले सक्रियता वढाउने बताए ।467393498_1112984507497129_170727551987450498_n-1731856721.jpg
अनुगमन टोलीमा नगर उप–प्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी, वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, सामाजिक विकास समिति संयोजक, कर्मचारी प्रशासन / शिक्षा / स्वास्थ्य शाखा एवं सूचना प्रविधि उपशाखाका कर्मचारीहरु रहेका थिए । आगामी दिनमा अनुगमनलाई थप निरन्तरता दिने प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए । man-1731856757.jpg
 

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार