सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । कोहलपुर नगर अस्पतालबाट स्वास्थ्य बीमा रेफरल सेवा सुचारु भएको छ । बिहीबारबाट स्वास्थ्य बीमा रेफरल सेवा सुचारु भएको नगर प्रमुख पूर्ण प्रसाद आर्चायले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको लागि बहुप्रतिक्षित कार्यक्रम, बिमितहरुको गुनासोलाई ध्यानमा राख्दै बनकटवा लगायत अन्य अस्पतालमा रेफरलका लागि जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास समेत नगर प्रमुख आर्चालृ व्यक्त गरेका छन ।
कोहलपुर नगर अस्पताल र स्वास्थ्य बीमा बोर्ड बाँके बिच २०८१ श्रावण २३ गते स्वास्थ्य बीमा गराएका बिमितहरुलाई स्वास्थ्य बिमा रेफरल सेवा २०८१ भाद्र १ गते देखि प्रदान गर्नका लागि सम्झौता भएको थियो । केही प्राविधिक कठिनाईका कारण सो सेवा ढिला हुन गएको र अब स्वास्थ्य बीमा रेफरल सेवा सुचारु भएको नगरपालिकाको भनाइ छ ।
नगर प्रमुख आर्चायले जनप्रतिनिधि, कर्मचारी र विभिन्न सरोकारवाला पक्षलाई सेवा सुचारु गर्न सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन । साथै कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष बिरेन्द्र शाहले कोहलपुर नगरपालिकाले प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनले बधाई दिएका छन ।