सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । ग्लोबल आईएमई बैंकले कोहलपुरमा विद्युतीय शवदाह निर्माणका लागि २० लाख रुपैया सहयोग गरेको छ । शवदाह निर्माण उपभोक्ता समितिका संयोजक चक्र बहादुर अधिकारीलाई बैंकले २० लाखको चेक हस्तान्तरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले २० लाख सहयोग गरेको छ ।
यसअघि कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानको पूर्वपट्टि डुडुवा र रोहिनी खोलाको संगम स्थलपारी आधुनिक प्रविधियुक्त कोहलपुर शवदाह गृहको शिलन्यास नगर प्रमुख पूर्ण प्रसाद आचार्यले गरेका थिए ।
शवदाह निर्माणसँगै करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो,कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ ।
प्रारम्भिक रुपमा करिब १ करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने कोहलपुर शवदाह गृहको निर्माण संयोजक समाजसेवी व्यक्तित्व चक्र अधिकारी रहेका छन । एभरेष्ट बैंकले पनि यसअघि सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख दिने निर्णय गरेको थियो ।