सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बारा l कलैयाको रामराजा विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुसवाहा हत्याका मुख्य आरोपी नेपाली सेनाका भगौडा जवान सुरेन्द्र कुसवाहालाई प्रहरीले गएराति पक्राउ गरेको छ । हत्याको ६ महिनापछि विराटनगरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काले बताए ।
हत्या भएपछि कुसवाहालाई पक्राउ गर्न प्रहरीले पछ्याउँदै आएको थियो । आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया निवासी ४१ वर्षीय हरिभूषणलाई घरबाट कलैया जाने क्रममा २०८१ जेठ ३२ गते साँझ ५:३० बजे बतरा गाउँको बाटोमा गोली हानी हत्या गरिएको थियो ।
घटनाको अनुसन्धान गर्दै जाने क्रममा सुरेन्द्र नै मुख्य अभियुक्त रहेको पुष्टि भएको एसपी खड्काले बताए । घटनाको आरोपमा८ जना पुर्पक्षमा छन् ।