सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माघ १३, नेपालगन्ज । संयुक्त अरब इमिरेट्स (युएई) मा आइतबारबाट सुरु हुने सुपर कप खेल्न नेपालको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । दुबईमा हुने सुपर कपमा नेपालको प्रतिनिधित्व जनाउन इटहरी कराते एकेडेमीका खेलाडी र प्रशिक्षकको टोली शनिबार बिहान १०ः३० बजे प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाली टोली दुबईको सारजाह प्रस्थान गरेको टोलीका प्रशिक्षक हेमा खड्काले जानकारी दिइन् । टोलीमा प्रशिक्षक खड्काका साथै व्यवस्थापक सजित कार्की र अरू चार खेलाडी छन् । खेलाडीहरूमा दिपेश कोइराला, सागर राउत, रोजन खड्का र दीपक सरदार रहेका छन् ।
दुबईको सारजाह इन्डिभिजुअल स्पोर्ट्स क्लबको मैदानमा हुने आइतबारबाट सुपर कप खेलाइँदै छ । जसमा नेपाली खेलाडीहरूले इन्डोनेसिया, मलेसिया र थाइल्यान्ड जस्ता एसियन राष्ट्रका खेलाडीसँग प्रतिस्पर्धा गर्ने छन् ।