सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्रले उपमेयरमा बाजी मारेको छ । यस अघि २०७९ मा कांग्रेसले जितेको नलगाड नगरपालिकाको उपमेयर माओवादीले जितेको हो ।
यो नगरपालिकामा माओवादीकै सहयोगमा कांग्रेस विजयी भएको थियो । यसपटक सबै दलहरुले एकल प्रतिस्पर्धा गरेका थिए ।आइतबार भएको उपनिर्वाचन अन्तर्गत माओवादीले ०७९ मा जितेको कुसे गाउँपालिका-७ को वडाध्यक्ष पद भने झनो मतले गुमाएको छ ।
निर्वाचन आयोगका अनुसार नलगाडको उपमेयरमा माओवादीकी देवका लामिछाने विजयी भएकी छन् । उनले ४२७२ मत पाएर विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंहले ३१४७ मत मात्रै पाइन् । एमालेकी सुनिता बोहराले २५४२ मत ल्याइन् ।