पत्रकार महासंघमा सत्ता र विपक्षीको प्यानलगत उम्मेदवारी

शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनले अलगअलग प्यानल तयार पारेका छन् । नेपाल युनियन युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् ।

सत्तारुढ दल निकट युनिनयन र चौतारीको प्यानलविरुद्ध विपक्षी पत्रकार संगठनहरुको पनि प्यानल बनेको छ । यो प्यालनबाट महासंघको अध्यक्षमा प्रेस सेन्टर नेपालका कमल गिरीको उम्मेदवारी परेको छ ।

गिरीलाई समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्चको समर्थन रहेको समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले बताए ।
उनका अनुसार यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गंगा बराल र समावेशी उपाध्यक्षमा सुवास साहको उम्मेदवारी परेको छ ।

चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको उपाध्यक्ष राजेश राईले बताए । उनका अनुसार महिला उपाध्यक्षमा नितु पण्डित, आदिवासी जनजाति सचिवमा सविन प्रियासन चौधरी, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली र लेखा आयोग संयोजकमा केसी लामिछानेको उम्मेदवारी दर्ता भएको छ ।

प्रेस युनियनका तर्फबाट महासंघको बरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहालको उम्मेदवारी परेको छ । सचिवहरु तर्फ रमेश खतिवडा (खुला), सोनी शर्मा (महिला), प्रकाश धौलाकोटी (दलित), बैकुण्ठ पराजुली (एशोसियट) र अशोक तिवारी (मधेशी) को उम्मेदवारी प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले बताए ।

‘प्रेस चौतारी र हामीले केन्द्रीय पदाधिकारीदेखि जिल्लासम्म साझा उम्मेदवारी दिने सहमति भएको छ, त्यसैअनुसार आज उम्मेदवारी दर्ता भएको छ’, अर्यालले भने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार