सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाण्डु, २२ मंसिर– नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिएका कमल गिरीले उम्मेदवारी फिर्ता लिएका छन् ।
गिरीले शनिबार बिहान ११ बजे महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राममा आफैं उपस्थित भएर उम्मेदवारी फिर्ता लिएका हुन् । माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गिरीले शुक्रबार अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
श्रोतका अुनसार गिरीले अध्यक्षमा उम्मेदवारी दिएका रमेश विष्टलाई समर्थन गरेका छन् । प्रेस युनियन सम्वद्ध विष्ट महासंघको निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष थिए ।
अध्यक्ष विपुल पोखरेलले विधानअनुसार तोकिएको समयमा निर्वाचन गराउन नसकेपछि राजीनामा दिएसँगै विष्ट केही समय महासंघको कार्यबाहक अध्यक्ष पनि भए । विष्टले पनि पूर्वनिर्धारित समयमा निर्वाचन गराउन नसकेपछि राजीनामा दिए ।
गिरीले उम्मेदवारी फिर्तासँगै अब माओवादी र काँग्रेसको विद्रोही समूहको छुट्टै प्यानल बन्ने भएको छ । सत्तारुढ काँग्रेस र एमालेले निर्मला शर्माको नेतृत्वमा प्यानल बनाएका छन् । शर्मा एमालेनिकट चौधरीबाट उम्मेदवार बनेकी हुन् ।
माओवादी र काँग्रेसको शेखर कोइराला समूहले छुट्टै प्यानल बनाएका छन् । त्यसको नेतृत्व युनियनको विद्रोही समूहका विष्टले गर्नेछन् । महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी २८ मंसिरमा निर्वाचन हुँदैछ । KATHMANDU TODAY