सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । गएरातिसम्म खुलिरहेको महाशाखाको वेबसाइट (www.mfd.gov.np) आज बिहान ह्याक भएको हो ।
महाशाखाले मौसमी गतिविधिको जानकारी दिने गर्दछ । तर वेबसाइट ह्याक भएपछि महाशाखाको वेबसाइटबाट सिधै मौसमसम्बन्धी जानकारी लिन नसकिने भएको छ ।
मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले ह्याक भएको जानकारी आफूलाई नभएको बताए । ‘त्यसबारे मलाई जानकारी नै थिएन, म बुझेर आइटीलाई खबर गर्छु,’ उनले भने । अनलाइनखबर