सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । रामोदय मा.वि. छेडागाड नगरपालिका ३ ले ४७ औं वार्षिकउत्सव तथा स्थापना दिवस भव्य रुपले मनाइ रहेको छ ।
उद्यमसिल जिबन उपयोगी शिप अबको शिक्षा, गुणस्तरीय र प्राविधिक शिकाई रामोदयको ईच्छा, भन्ने मुल नाराका साथ रामोदय माध्यमिक विद्यालयको ४७ औं वार्षिकउत्सव तथा स्थापना दिवसको उदघाटन समारोह सोमबार भव्य रुपले सम्पन्न भएको छ ।
विद्यालयको प्रांगनमा सम्पन्न कार्यक्रममा छेडागाड नगर पालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत गंग बहादुर रोकायको प्रमुख आतिथ्यता रहेको थियो । स्थानीय बाजागाजा सहित कार्यक्रम भब्य रुपमा उदघाटन भएको विद्यालयले लालआवाजलाई बताएको छ । प्रमुख अतिथी लगायत सम्पुर्ण अतिथीहरुलाई मन्तव्य द्वारा स्कुलका शिक्षक कमल शाहीबाट स्वागत गरिएको थियो ।
साथै अतिथीहरुलाई विद्यार्थीबाट स्वागत गीतद्वारा स्वागत गरिएको थियो । विद्यार्थी र शिक्षक शिक्षिका आफ्नो पोशाकमा सजिएर अनुशासित शैलिमा भद्र तरिकाले कार्यक्रममा उपस्थित भएका थिए । कार्यक्रमको स्टेज टेन्ट फुल मालाले रंगीनमय भएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष वडा नम्बर ४ का वडा अध्यक्ष छिमेकी स्कुलको प्र.अ. र बिब्यस अध्यक्षहरुको उपस्थिति थियो ।कार्यक्रममा बिद्यार्थी शिक्षकहरुले स्थानीय मौलिकता झल्किनेगरि स्थानीय पोशाकमा सिंगारु नाच, टप्पा गीत संग नाचेका थिए । यस्तै बिधार्थी भाइ बहिनीबाट स्थानीय पंैसेरु नाच देउडा नाच पनि प्रस्तुत गरिएको थियो । बिद्यालयका प्र.अ. कर्ण बहादुर थापाले विद्यालयको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।आयोजकको तर्फबाट विद्यालयलाई जग्गा दान गर्ने चन्दा दिने सम्पूर्णलाई दोसल्ला ओडाई सम्मान गरेको थियो । यसैगरी कक्षा १० को उत्कृष्ट एक जना छात्र र एक जना छात्रा, कक्षा १२ को उत्कृष्ट एक जना छात्रा र छात्रलाई पनि दोसल्ला ओडाएर सम्मान गरेको थियो भने सानै कलास देखि १० सम्म पढेर हाल निजामतीको अधिकृत भएर विद्यालयको नाम चलाएका ५ जना नेपाल सरकारका अधिकृतलाई पनि सम्मान गरेको थियो ।
प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरियका प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री राजिब बिक्रम शाह आउने कुरा बिहान सम्म थियो तर अन्तिम समयमा कार्य ब्यबस्थाका कारण आउन नसकिने जानकारी गराइएको थियो । साथै मन्त्री शाहले फोन मार्फत शुभकामना ब्यक्त गर्दै विद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रम को संचालन शिक्षक उमेश थापाले गरेका थिए भने कार्यक्रमको समापन वडा सदस्य एवम् विद्यालय ब्यबस्थापन समिति अध्यक्ष बिर्सिङ्ग थापाले गरेका थिए । कार्यक्रम आज पनि जारी रहने विद्यालयले जानकारी दिएको छ ।