अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद

अध्यक्षका डेढ दर्जन दाबेदार प्रतिस्पर्धाबाट बाहिरिने
बिहीबार, पुस ४, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ ।

पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा गरिने छ । त्यसपछि बल्ल नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने । यो प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी छ ।

अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले निर्वाचनको मोडालिटी टुंगो लागिसकेकाले आज कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताए । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार