सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बुटवल । बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान शुभारम्भ गरेको छ । ठाकुरबाबा नगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक कार्यक्रमका विच बिहीबार अभियानको शुभारम्भ गरे ।
प्रदेश सरकारको चालु आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्तरगत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो ।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्तरगत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षीत गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।अभियानको सुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए ।