सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका ३ दशेरामा रहेको जनप्रिय माध्यमिक विद्यालयमा बालविवाह न्यूनीकरण सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सचेतना कार्यक्रम आयोजना भएको प्रधानाध्यापक जय बहादुर थापाले जानकारी दिए । विद्यालयको कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरावस्थाका विद्यार्थीहरुलाई लक्षित गरी वालबिवाह न्यूनीकरण सम्वन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
ईलाका प्रहरी कार्यालय दशेराबाट वरिष्ठ प्रहरी हवल्दार गगन खत्री, प्रहरी हवल्दार मोहन महतारा र विद्यालय परिवारको संयुक्त पहलमा विहानी प्रार्थाना सभाको छोटो समयमा बाल विवाह न्यनिकरण सम्बन्धी सचेतना कार्यक्रम भएको हो । समुदायमा वालबिवाह भए गरेका घटनाहरुलाई जानकारी वा सूचना दिन सक्ने सम्वन्धित निकाय र त्यस्तो अवस्थामा कानूनी उपचारको बारेमा विद्यार्थीहरु माझ वरिष्ठ प्रहरी हवल्दार गगन खत्री, प्रहरी हवल्दार मोहन महताराले प्रकाश पारेका थिए ।यसैगरी विद्यालयको तर्फबाट सूचना अधिकारी एवं स्वास्थ्य तथा शारिरीक विषय शिक्षक पुष्पजंग शाहले कस्तो अवस्थाको विवाहलाई बालविवाह भनिन्छ र समय नै नपुगी गरिने विवाहबाट मानिसको जिवनमा पर्न सक्ने शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक असरका बारेमा प्रकाश पारेका थिए ।
छेडागाड नगरपालिकाको सक्रियता र सेभ द चिल्ड्रेन (पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट) को साझेदारीमा समुदाय तथा विद्यालयहरुमा वालबिवाह न्यूनीकरण सम्वन्धि सचेतना लगायत यस्ता घटनाहरुको खोजी, निरुत्साहित, रोक लगाउने जस्ता कार्यहरु भैरहेको प्रधानाध्यापक थापाले बताए । विद्यालयमा पनि सुरक्षा निकायको तर्फबाट समय समयमा यस्ता सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भएको खण्डमा निश्च्य पनि समाजबाट वालबिवाहको अन्त्य हुने उनको भनाइ छ । विश्वमा भएको सूचना सञ्चार प्रविधिको विकास, Junk Food सेवन, अशिक्षा, गरीबी जस्ता कारणले विगत देखि जगडिएको वालबिवाह जस्तो सामाजिक समस्या हाम्रो समाजमा पनि विद्यमान नै छ । यो हाम्रो समाजको प्रगतिको प्रमुख वाधक पनि हो र यसको न्यूनीकरणका साथै पूर्ण रुपले अन्त्य गर्नु पनि जरुरी छ । सामाजिक समस्याको निराकरण गर्नको लागि घरपरिवार, अभिभावक, विद्यालय, सुरक्षा निकाय, स्थानीय सरकार, गैर सरकारी संघसंस्था, सामाजिक अभियान्ता, सञ्चार जगत सबैको साझा दायित्व पनि हो ।