कविता

मंगलबार, पुस ९, २०८१

हजारौं छन् त्यहाँ तारा एकलै छ नि जून
जून जस्तै बन्ने मेरो भर्भराउँदो  मन।
खोलाहरु भन्छन् यहाँ कति रोकिन्छौ 
हिमालहरु भन्छ्न यहाँ कति होचिन्छौं ।

मनले भन्छ बेग्लै हँ, मनले भन्छ बेग्लै 
कति अतालिन्छौँ हँ, कति अल्मलिन्छौँ ।

हिँड जाऊ आफ्नै बाटोमा
खेल जाऊ आफ्नै माटोमा ।
किन रुक्छौँ आफ्नै बाटोमा 
किन थुक्छौँ आफ्नै माटोमा ।

वायुले रोकेपछि रोकिने यो हुरी हैन है 
हत्केलाले छेकेपछी छेकिने सूर्य हैन है ।
सपना त हजारौं हजार  छन् होला नि 
पुरा हुन केही बेर त लाग्छ होला नि ।

यो मन न हो धरा कै माया मान्दछ 
यो तन न हो घर कै माया लाग्दछ ।

       (तिलक भट्टराई)
२०८१/०९/०९/जाजरकोट

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्