सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माघ १५, नेपालगन्ज । दुबई सुपर कपमा नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन । ८४ केजिमा अल्जेरिया र दुवई लाई हराउदै रोजन खडकाले गोल्ड मेडल जितेका हुन । यस्तै मलेसिया र दुवई लाई हराउदै सागर राउतले ८४ केजिमा स्वर्ण पदक जित्न सफल भएको टीमको नेतृत्व गरेर गएकी प्रशिक्षक हेमा खडकाले जानकारी दिएकी छन ।
संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सुपर कप खेल्न नेपालको कराते टोली शनिबार त्यस तर्फ प्रस्थान गरेको थियो । दुबईमा आयोजित सुपर कपमा नेपालको प्रतिनिधित्व जनाउन इटहरी कराते एकेडेमीका खेलाडी र प्रशिक्षकको टोली शनिबार बिहान १०ः३० बजे प्रस्थान गरेका थिए ।