संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत

शुक्रबार, पुस १९, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।

‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो,’ सापकोटाले भने, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्‍यो । बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्