प्रचण्डको प्रतिवेदनमा छलफल सुरु, केन्द्रीय सदस्यलाई बोल्न ३ मिनेट

सोमबार, पुस २२, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको छ ।

छलफलका लागि केन्द्रीय सदस्यहरुलाई तीन–तीन मिनेटको समय छुट्याइएको छ । छलफलमा भाग लिन इच्छुक केन्द्रीय सदस्यहरुलाई नाम टिपाउँदै बोल्न दिइएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार