७ म्याग्निच्युडको भूकम्प नेपाल-चीन सिमानामा

मंगलबार, पुस २३, २०८१

काठमाडौं । आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय: ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो ।

खानी तथा भूगर्भ विभागका भरत कोइरालाले भूकम्पको केन्द्रविन्दु र नेपालको दूरी ९० किलोमिटर रहेको बताए । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । अनलाइनखबर

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार