सिम्ता गाउँपालिकाको गाउँसभा तथा १६ औं अधिवेशन सुरु

मंगलबार, पुस २३, २०८१

सुर्खेत l सुर्खेतको सिम्ता गाउँपालिकाको गाउँसभा तथा १६ औं अधिवेशन आईतवारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ। गाउँपालिकाको सभाहलमा पौष २१ गते आईतवार देखि गाउँपालिकाको गाउँ सभा सुरु भएको हो।

 गाउँपालिकाका अध्यक्ष ऐन बहादुर चन्दले यो अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई विधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताउनु भयो।साथै उहाँले आर्थिक वर्षको सुरुवातमा वजेट विनियोजन भएका तथा विविध कारणले काम सुरु नभएका तथा हुन नसक्ने अवस्थामा रहेको बजेट र शिर्षकलाई वडाको प्रस्ताव अनुसार अन्य शिर्षकमा उक्त रकम विनियोजन गरिने उहाँको भनाई छ।

केहि वडा तथा पालिकाको पनि कुनै शिर्षकमा विनियोजन भएको रकम र शिर्षक अनुसार काम सुरु नभएको हुन सक्छ,”उहाँले भन्नुभयो” सोहि शिर्षक र वजेटलाई वडा र पालिकाको अन्य आवश्यकताको आधारमा विनियोजन गरिने छ र आवश्यक अनुसार कामहरु अगाडी बढाईने छ। 

गाउँपालिका उपाध्यक्ष गोमा शर्मा रेग्मीले राज्यको घट्दो राजस्व संकलन तथा स्थानीय सरकारलाई प्राप्त हुने बजेट सिलिङबीच बढ्दो माग र आवश्यकता पूरा गर्नु भविष्यमा अझै चुनौतिपूर्ण हुने देखिएको बताउनु भयो। उपाध्यक्ष रेग्मीले आन्तरिक आयवृद्धि एक मात्र विकल्पको रुपमा रहेको बताउँदै उपलब्ध स्रोत र साधनबीच जनताको अधिकतम आवश्यकता पूरा गर्दै आएको उल्लेख गर्नु भयो।

यस्तै गाउँसभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कुमार चन्दले पालिकाको आन्तरिक श्रोत बढाउनका लागि आन्तरिक स्रोतका अनेकन सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सबै आन्तरिक श्रोतका आधारलाई प्रक्रियामा ल्याउने कुरामा ढिलाइ गर्न नहुनेमा जोड दिनु भएको थियो।

यस्तै गाउँसभामा सभाध्यक्ष ऐन बहादुर चन्दले गाउँपालिकामा आँखा शिविर संचालन गर्ने र सो शिविर संचालनको लागि बजेट विनियोजन गर्ने,बिपन्न जेहेनदार अशक्त तथा अति गरिव व्यक्तिहरु पहिचान गरि लोकसेवा आयोगको कक्षा संचालन गर्ने,सुरक्षा तर्फका कक्षाहरु संचालन गर्ने,माघको २,३ र ४ गते राकम माविमा रास्ट्रपति रनिङ्ग शिल्ड संचालन गर्ने लगाएतका प्रस्तावहरु पेश गर्नु भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडा अध्यक्ष एवं वडा नम्बर १ का वडा अध्यक्ष यमराज शर्माले जानकारी दिनुभयो। साथै सभामा सभाबाट पास गर्नको लागि शिक्षा नियमावलीको मस्यौदा समेत पेश भएको छ। गाउँसभाको अर्को बैठक माघ ६ गते बस्ने बताइएको छ। सभामा वडा अध्यक्षहरु,वडा सदस्य एवं कार्यपालिका सदस्य,पालिकामा कार्यरत कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार