सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । शारदा शेर स्मृति प्रतिष्ठान जाजरकोटका अध्यक्ष अर्जुन बहादुर अधिकारीले आफ्नो जन्मदिनको अवसरमा नेपाल राष्ट्रिय मावि रिन्टाकुरा छेडागाड ८ जाजरकोटका विपन्न, असाह्य, असक्त र जेहेन्दार विद्यार्थीहरूलाई सहयोग प्रदान गरेका छन् ।
विशेष कार्यक्रमको आयोजना गर्दै, उनले विद्यालयका ५५ जना विद्यार्थीलाई कापीकलम, २ वटा भलिबल र १ वटा जाली वितरण गरेका छन् । समाजसेवा र शिक्षा क्षेत्रमा अधिकारीको योगदानले विद्यार्थीहरूमा उत्साह बढाएको विद्यालयका शिक्षक तथा अभिभावकहरूले बताएका छन् ।
कार्यक्रममा सहभागी एक विद्यार्थीले भने, “हामीजस्ता विपन्न विद्यार्थीहरूलाई यस्तो सहयोगले पढाइमा झनै प्रेरणा दिन्छ । अधिकारी सरप्रति हामी आभारी छौँ ।”
अर्जुन बहादुर अधिकारीले यस अवसरमा भने, “समाजका विपन्न वर्गका विद्यार्थीहरूलाई शैक्षिक साधनको अभावमा पढाइमा अवरोध नहोस् भन्ने मेरो सधैं प्रयास रहन्छ । आगामी दिनमा पनि मेरो सहयोग निरन्तर रहनेछ ।”
विद्यालयका प्रधानाध्यापकले अधिकारीको योगदानलाई उच्च सम्मान गर्दै भने, “यो सहयोगले विद्यालय र विद्यार्थीहरूको शैक्षिक उन्नतिमा ठूलो योगदान पु¥याउनेछ । हामी उहाँप्रति हार्दिक धन्यवाद व्यक्त गर्छौं ।”
अर्जुन बहादुर अधिकारीको जन्मदिनको यो विशेष सहयोगात्मक कार्यक्रमले समाजसेवा र शिक्षाको क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । यसअघि स्वर्गीय शेर बहादुर अधिकारी र शारदा अधिकारीले शैक्षिक क्षेत्रमा योगदान गरेका थिए । साथै देउडा क्षेत्रमा पनि अधिकारीको योगदान अतुलनिय छ ।