सशस्त्र र नेपाल प्रहरी विधेयक संसदमा पेश गर्न मन्त्रिपरिषदको स्वीकृति

शनिबार, पुस २७, २०८१

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संघीय ससदमा पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको छ ।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि विधेयक मन्त्रिपरिषदमा पेस गरेको थियो ।

सो विधेयक संसदमा पेश गर्न शुक्रबारको मन्त्रिपरिषद बैठकले स्वीकृति दिएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १९:३०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार