सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाह आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी भइरहेका छन । जाजरकोट जिल्ला प्रदेश ‘ख’ को केन्द्र छेडागाडमा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री शाह सहभागी भएका हुन ।
शनिबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस कै दिन प्रदेश निर्वाचन क्षेत्र ‘ख’ नेपाली काँग्रेस क्षेत्रिय कार्यसमितिद्वारा आयोजित “अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम”का विच मन्त्री शाहलाई पार्टी कार्यकर्ता, जनप्रतिनिधि, कर्मचारी, एवं आम सर्वसाधारण र मतदाताहरुले बाजागाजा र टिकामाला सहित भब्य स्वागत गरेका थिए ।
नेपाली काँग्रेस प्रदेश कार्यसमिति ‘ख’ का सभापति जनकराज शर्माको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि माननीय मन्त्री शाहले गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रदेश कार्यसमितिका सह–सचीव रेशम बहादुर शाहीले गरेका थिए । प्रदेश निर्वाचन क्षेत्र ‘ख’ का दर्जनौ कार्यकर्ताहरुको बाक्लो उपस्थितिका माझ सञ्चालन भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, गाँउ तथा नगर कार्यसमिति, वडा कार्यसमिति लगायत विभिन्न भातृ संघसंस्थाका पदाधिकारीहरु समेतको आतिथ्यतामा आयोजना भएको कार्यक्रममा आम सर्वसाधारण, मतदात, स्थानीय जनप्रतिनिधी, कार्यकर्ता र सुभेच्छुक संस्थाका प्रतिनिधीहरुले जन स्तरका समस्या, भोग्नुपरेका कठिनाई, पार्टी संगठन सुदृढीकरण, सल्लाह सुझाव आदानप्रदान गर्ने मूख्य ध्येय रहेको आयोजकको भनाई रहेको छ ।
कार्यक्रमलाई व्यवस्थित र उपलब्धिमूलक बनाउनको लागि आयोजना भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको औपचारिक उदघाटन भए लगत्तै उपस्थित आम सर्वसाधारण र कार्यकर्ताका लिखित वा मौखिक गुनासो व्यक्त र सुझाव संकलनको लागि मञ्च खुल्ला गरिएको थियो । सुझाव र गुनासोहरुको सम्वोधनको लागि सरोकारवाला पदाधिकारीहरुले शुभकामना मन्तव्य सँगै आ–आफ्नो प्रतिक्रिया एवं प्रतिवद्धता प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मन्त्री शाहले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका करीब एक दर्जन युवाहरुलाई स्वागत गर्दै आफ्नो पूख्र्यौली थलो जाजरकोट र आफुलाई अमूल्य मतदान गरेर सम्मानित पदसम्म पुर्याउने जाजरकोट जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ र यहाँका आम जनता आफ्नो मन मुटुमा रहेको कुरा व्यक्त गरेका थिए ।
आफु कुनैपनि किसिमको लोभ लालच र आग्रह पूर्वाग्रह रहित तरीकाले आम गरीब र उत्पिडित जनताको सेवामा सदासर्वदा समर्पित रहने उनले बताए । साथै प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको साझा जिम्मेवारीमा भएकोले कर्णली प्रदेशका १० वटै जिल्लाका जनताहरुको हित र समग्र कर्णाली प्रदेशको समृद्धिको लागि चिन्तित भएको कुरा समेत मन्त्री शाहले बताए ।
कर्णली प्रदेशको साविक कर्णालीका जिल्लाहरुसँगको सडक सञ्जाल जोडनको लागि जाजरकोटका विभिन्न सडकहरुको विस्तार, छेडा–चाँदे सडक स्तरोन्नति, अन्तरपालिका जोड्ने सडक सञ्जाल विस्तार एवं स्तरोन्नति, स्वास्थ्य सेवा विस्तार, कुमारी ट्रस्टको सामुदायिक अस्पतालको सेवा सूचारु, शिक्षा, शुद्ध खानेपानी आपूर्ति, आधुनिक कृषि, स्थानीय सीप विकासका क्षेत्रलाई पहिलो प्रथामिकतामा राखेर कर्णाली प्रदेशले आर्थिक नीति निर्माण गर्ने र सोही अनुरुप आगामी वजेट निर्माण गरिनुका साथै सूर्खेत जिल्लाको रातानाङ्ला–सुयाडा सडक खण्ड विस्तार एवं स्तोरोन्नतिको कामको लागि निकट भविष्यमा नै पहल गर्ने प्रतिवद्धता समेत व्यक्त उनले ब्यक्त गरेका थिए ।
केवल माथिल्ला कमिटीहरुको मुख नताकेर आ–आफ्ना तह र तप्कामा रहेका जिम्मेवार कार्यसमितिका पदाधिकारीहरुले जनताको हितमा र पार्टी संगठन सुदृढीकरणको कामलाई निरन्तरता दिनुपर्ने सुझाव राख्नुका साथै सदैव समाज सेवा भावले ओतप्रोत भएर काम गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन समेत मन्त्री शाहले दिए। छेडागाड नगरपालिकामा कार्यरत कर्मचारी र उपलब्ध जनप्रतिनिधीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमका अलावा समय भए सम्म पार्टी कार्यकर्ता र मतदाता भेटघाट कार्यक्रम समेत सहभागी हुने मन्त्री शाहको सचीवालयले जानकारी दिएको छ ।