सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२७ पुस, जाजरकोट । जाजरकोट छेडागाड नगरपालिका वडा नम्बर ६ मा सामुदायिक वन उपभोक्ता महासंघ नेपालले वडाबासी भुकम्प पीडित जेष्ठ नागरिक एकल महिला, अपांग र अति विपन्न नागरिकहरुलाई राहत वितरण गरेको छ ।
महासंघका केन्द्रीय अध्यक्षको नेतृत्वमा १८० थान कमल १०० थान जकेट र सोल (पछिउरा) बितरण गरेको छ । ६ नम्बर वडाको कार्यालयमा एक कार्यक्रम गरेर सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ठाकुर भण्डारी, सचिव डिल्ली गरी, कोषाध्यक्ष शान्ता न्यौपाने, छेडागाड नगरपालिकाका पुर्व नगर प्रमुख लालबहादुर महतारा, केन्द्रीय सदस्य गोपाल नेपाली प्रदेश अध्यक्ष अनिल अधिकारी, प्रदेश कोषाध्यक्ष वर्ण कुमारी शाही, जिल्ला महासंघका अध्यक्ष प्रेमबहादुर कार्की वडा नं ८ का अध्यक्ष सत्यनारायण गिरी र कार्यपालिका सदस्य करीश्मा कुमारी शाहीको सहभागिता रहेको थियो ।
कार्यक्रममा आफ्नो धारणा राख्दै जिल्ला महासंघका अध्यक्ष प्रेमबहादुर कार्कीले जाजरकोटी जनतालाई भुकम्पको समयमा उद्दारदेखि हालसम्म जनताको विचमा रहेर स्थानिय र जिल्ला महासंघले अस्थायी टहरा निर्माण सम्म महत्वपूर्ण भुमिका खेलिरहेको र अझै पनि लागिरहेको बताए । महासंघका केन्द्रीय अध्यक्षले महासंघले सकेजति भुकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमको अधिकांश ठाँउमा राहत बितरण गरेको बताएका थिए । आफ्नो निवेदनलाई स्वीकारेर वडासम्म राहत सामाग्री पुर्याइदिनु भएकोमा वडा परिवारको तर्फबाट र ब्यक्तिगतरुपमा महासंघ परिवारलाई वडाध्यक्ष भक्त बहादुर थापाले धन्यवाद पत्र हस्तान्तरण गरेका थिए । यस्तै जाजरकोट नलगाड नगरपालिका को वडा नम्बर १ र ६ नम्बर वडा गरि ३५० घरधुरीलाई राहत वितरण गरिएको महासंघका जिल्ला अध्यक्ष कार्कीले बताए ।