सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)ले शुक्रबार महाधिवेशन गर्दैछ । महाधिवेशन शुक्रबार दिउँसो सवा ११ बजे काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा उद्घाटन हुने प्रचार-प्रसार इन्चार्ज गुणराज लुइटेलले जानकारी दिए ।
महाधिवेशनमा वैचारिक रुपमा वैज्ञानिक समाजवादको कार्यदिशा, राजनीतिकमा स्वाधीन संयुक्त सरकार, त्यसको सारमा राज्यप्रणाली, आर्थिक संरचना लगायतका विषयमा छलफल हुने महासचिव धर्मेन्द्र बास्तोला कन्चनले जानकारी दिए ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएको बहुमतले यो महाधिवेशनलाई नवौं भनेको छ । विप्लवबाट छुट्टिएपछि मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीसँग एकता गरेको बुहुमत त्यहाँबाट पनि अलग भएको हो । बहुमतका तत्कालीन नेता हेमन्तप्रकाश ओली (सुदर्शन) भने बैद्यकै पार्टीमा छन् ।