सरकार पूर्णतः असफल भएको राप्रपाको निष्कर्ष

आइतबार, माघ १३, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

तीन दिनसम्म चलेको केन्द्रीय कार्य समिति बैठकले एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको हो ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको १६ बुँदे बक्तव्यका अधिकांश बुँदा सरकार असफल रहेको पुष्टि गर्न खर्चिएको छ । ‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात र अनायास संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासको रूपमा रहेको छ’, वक्तव्यमा लेखिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्