सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं l श्रीपञ्चमीको दिन आज काठमाडौंको हनुमान ढोकामा वसन्त श्रवण शुरु भएको छ । बिहान पौने ८ बजेदेखि शुरु भएको वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत विशिष्ट व्यक्तिहरुले वसन्त श्रवण गरेको बताइन्छ ।
विद्याकी देवी सरस्वतीको पूजा आरधनासँगै श्रीपञ्चमीका दिन नासलचोकमा वसन्त श्रवण कार्यक्रम राखिन्छ । आज मुलुकभरका विद्यालय तथा सरस्वती थानमा सरस्वती पूजा गरिँदै छ । परम्परागत पात्रो अनुसार आजदेखि वसन्त ऋतु प्रारम्भ हुने भएकाले ‘वसन्तपञ्चमी’ भन्ने गरिएको हो।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ । आजैका दिन विवाह, व्रतबन्ध, गुफा (सूर्य दर्शन) राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्न पर्दैन ।