तीनवटा टाउका मिलेर देशलाई पालैपालो खाइरहेका छन् :बाबुराम

आइतबार, माघ २७, २०८१

काठमाडौं । नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले तीनवटा टाउको मिलेर देशलाई पालैपालो खाइरहेको टिप्पणी गरेका छन् ।

आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘हामीले पुराना शक्तिले भएन, कांग्रेसले गरेन, यसले गरेन भनिरहेका छौं । तीनवटा टाउका छन्, उनीहरूले पालैपालो खाइरहेका छन्,’ भट्टराईले भने ।

सत्तामा रहुन्जेल धेरै काम गरेको भन्ने र बाहिर निस्किएपछि हरेक कुरा भएन भनेर गुनासो गर्ने प्रवृत्ति उनीहरूमा रहेको उनले जिकिर गरे ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्