आत्मसम्मान र पहिचान

समतामुलक समाज निर्माणका लागि अल्पसंख्यकको आत्मसम्मान र पहिचानको रक्षा गरौं ।

बिहीबार, माघ १८, २०८०

 " तैले गर्दा टोल समाजमा मुख देखाउन नमिल्ने भो बैनीहरूको समेत बिहे नहुने भो त असक्ति पापी यो घरबाट निक्लिहाल " भन्दै आमा  फलाक्न थल्नु भो । "हैन हो यो जन्मनुको साटो पाँच ओटा अरू कि छोरा कि छोरी जन्मे हुन्थ्यो कुन् जन्मको पापले यस्तो सन्तानको बाबु आमा हुनु पर्यो । " बाले आमाले छिया छिया पारेको मेरो मुटुको घाउँमा नुनचुक थप्नु भो  साँझको बेला थिथो रात बिस्तारै छिप्पिदै जाँदै थियो त्यो कालो रात संगै मलाई नै जन्मदिने मेरी आमा र बाको म प्रतिको दुर्ब्यबहारले  मेरो जीवन  झनै कालो ,अन्धकार बन्यो  । म निरिह बने , मैले अनेक बिन्ति गरे मलाई घरबाट ननिकाल्नु भनेर तर आमा  डाको छोडेर रूदै आफ्नो कोख र भाग्यलाई धिकार्न थाल्नु भो अनि म बिबस भए त्यो दिन त्यो अन्धकार रात संगै अन्धकार जिन्दगी लिएर जन्मदिने बा र आमाको खुषिको लागि आफू जन्मेको घर छोड्न बाध्य भए ।

लामो सुस्केरा तान्दै उसले आफ्नो बिगत सम्झियो । उसको अनुहारमा झल्किएका अनगिन्ति पिंडा ब्यथा र उकुसमुकुस म सहजै अनुमान गर्न सक्थे । थप कुरा सोधेर अरू पिंडा दिन चाहिन । बिस्तारै डराएको पारामा उसले भन्यो "मैले हजुरको नाम र कामको बारेको सुने को छु पक्कै मलाई सहायता गर्नु हुन्छ भनेर आएको । "

मैले "ठिक छ भन्नुस मैले के सहयोग गर्न सक्छु ।" भने उसले " म उच्च शिक्षा हासिल गर्न चाहान्छु । मैले आफू बाच्नको लागि गर्नु पर्ने  कुनै कसर बाँकी पनि बाँकि राखेको छैन । अरू बाँचेर पहिचान बनाउँछन म बाच्नको लागि पहिचान लुकाउन चाहन्छु । मेरो वास्तबिक परिचय कसैलाई नभनिदिनु है म्याम  । हजुर ले यसरी सहयोग गरिदिए हजुरैकै कलेजबाट स्नातक गर्ने मन छ ।"  मैले सजिलै  उसको कुरा स्वीकार गरे ऊ खुषी हुदै  हाम्रो कलेज पढ्न राजी भयो ।  यस पछिका दिनमा मैले मेरा अन्य बिद्यार्थी भन्दा अझ बढि उसलाई  माया र हौसला दिए ऊसले आफ्नो अध्ययन अगाडी बढायो । अहिले उसले मलाई शिक्षक भन्दा बढि अभिभाबक सम्झेर आफ्ना
कुराहरू गर्छ ।  आफ्नो वास्तबिक पहिचान दिदैछ म ऊसको आत्मा सम्मान र  पहिचान को सदैब कदर गर्छु ।

ऊ खुलेर यो समाजमा आत्मासम्मान पुर्वक बाचोस भन्ने चान्छु । आफ्नै जन्मदाता बाट तिरस्कृत भएको ऊ उच्च शिक्षा हासिल गरेर शारिरले होइन उसको मन बिचार र भावनाले यो समाज आफ्नो पहिचान बनाओस र उ जस्तै सयौंको लागि  प्रेरणाको पात्र बनोस् मेरो कामना । ऊ एउटा प्रतिनिधी पात्र मात्र हो जो आफ्नै जन्मदाता बाट  बिना गल्ति तिरस्कृत भएको छ । हाम्रो समाज नारी पुरूष भन्दा फरक पहिचानलाई अझैं पनि स्वीकार गर्न तयार छैन ।  आफ्ना सन्तानमा परक पना देखिए आफू समाजमा हेपिने हेला हुने डरले आफैले जन्माएको सन्तानलाई घरबाट निकालिदिने चलन नेपाली समाजमा ब्यप्त छ । जो आफ्नो परिवारबाट त्यगिएको छ समाजमा हिजडा , छक्का जस्ता अनेकौ नामबाट चिनिएको छ , चाहेर पनि श्रम गरेर खान्छु भन्दा ठाँऊ पाएको छैन , बाच्नकैलागि शरिर बेचेको छ त्यसैमा तमाम उत्पिडन शोषण सहनु परेको छ न्याए माग्न जादा उल्टै खिल्लि र उपहास को पात्र बनु परेको छ । हरे ! सम्झिदा पनि कहालि लागेर आउँछ कसरी बाचिरहेका छन उनीहरू ?

यो समाज नारी मुक्तिका कुरा र महिला हिंसाको बारे खुब चर्चा गर्छ आजभोली पुरूष हिंसाको को बारे पनि बहस हुनु पर्छ भन्ने सुनिन्छ । तर लैंगिक अल्पसंख्यकको आत्मा सम्मान र पहिचानका सवालमा न राज्यलाई चासो छ  न नागरिक समाजलाई । के साच्चै रहर हो त ? महिला ले पुरूष जस्तो ब्यबहार देखाउनु , पुरूषले महिला जस्तो ब्यबहार देखाउनु, महिला महिला संगै आकर्षित हुनु , पुरूष पुरूष सितै आककर्षित हुनु  । यस बिषयको म बिज्ञ होईन मैले धेरै सिक्न बुझ्न  बाँकी छ फेरी पनि आजभोली म प्रध्यापक भएकै नाताले मैले पढाउने +२, स्नातक तहका बिद्यार्थीहरूमा फरकपना भेटे कसरी उनीहरूलाई हौसला दिएर आफ्नो पहिचान र अस्तित्व सार्बजनिक रूपमा स्वीकार गरेर हिम्मतकासाथ अगाडी बढ्न सिकाउ लागि रहन्छ । आज भोलि बिस्तारै हिम्मत बटुलेर मिडिया सामु आएका समलिगि जोडिहरूका अन्तरबार्ता अलि चासो दिएर हेर्ने गर्छु , देखे भेटेका यो समुदायका अल्पसंख्यक हरकोहिको पिडां सुन्ने गरेको छु । उहाँहरू कसैले पनि आफ्नो रूची चाहाना र शारिरक अबस्था रहर र सोख ले बनेको नभई प्राकृतिक रूपमैवआफू त्यस्तै भएको चाहेर पनि आफुलाई समाज र परिवार भने जस्तो बन्न नसकिने बताउनु हुन्छ ।

हाम्रो समाजले नारी पुरीष बीच हुने शारिरिक सम्मन्ध र बिबाहलाई मात्र सहज रूपमा स्वीकार गर्छ । लैंगिक अल्पसंख्यक समुदायको शरिरिक आकर्षण, शारिरिक सम्बन्धको बिषयनै  नै समाजकालागि अपाच्य र अस्वीकार्य हुन्छ । ओशो भन्नु भएको छ , " Sex is nothing just rubbing of skin "   यहि भनाईलाई सत्यता मान्ने हो भने पनि शारिरिक सन्तुस्टिको नारि पुरूष बीच मात्र होईन नारी नारी र पुरूष पुरूष बीच पनि हुन सक्छ । अझ भनौ मानिस त्यहि ब्यक्ति संग शारिरिक रूपमा सामिप्यता गास्न चाहन्छ अथवा जैबिक रूपमा आकर्षित हुन्छ  जो संग मन बिचार र भावना मिल्छ । ब्यक्ति ब्यक्ति बिचमा हुने भावनात्मक र शारिरिक आकर्ष प्राकृतिक भनौ यस  इश्वरिए भनौ जसबाट मानिसले परम इश्वरिय आनन्दको अनुभुति गर्दछ । जुन न यो समाजको निर्देशन ले हुन्छ न तेस्रो ब्यतिको निर्देशनले गर्न सक्छ ।

यस बिषयमा चिकित्सा बिज्ञान, शरिर बिज्ञान र मनोबिज्ञानका बिज्ञहरूले वास्तबिकता को अध्ययन गरि विद्यालय र कलेजका पाठ्यक्रमहरुमा समावेस गर्न र आम जनमानसमा जनचेतना फैलाउन जरूरी छ ताकी लैगिक अल्पसंख्यक हरूले पनि यो समाजमा आत्मा सम्मान पुर्वक बाच्न पाउन । आमा बाबुहरूले आफैले जन्माएका सन्तानलाई समाजको डरले घृणा त तिरस्कार नगरून ।बरू प्रेम पुर्वक हुर्काएर निडरता साथ आत्मा सम्मान पुर्बक समाजमा जिउन सिकाउन ।  मानिस जुन रूपमा जन्मे पनि अरूलई दु:ख हैरानी नदिई आफ्नो खुषीको लागि बाच्न पाउनु पर्छ ।

अरूको प्रभाब र दवाव होइन आफूसंग मन बिचार भाबना मिल्ने संग रमाउन खुषी हुन पाउनु पर्छ । हामी शान्ति सम्बृदि र मानब हित र कल्याण चाहान्छौ भने अबको समाज लैंगिक अल्पसंख्यकहरूको लागि उदार र सचेत हुनै पर्छ ।  घर परिवारमा उनीहरूले  आत्मा सम्मान पुर्वक  बस्न पाउनु पर्छ । संबिधानमा उल्लेखित मौलिक हकको अन्यनागरिक सरह उनीहरूले पनि उपयोग गर्न पाउनु पर्छ । त्यति मात्र नभएर लैगिंक अल्प संख्यक माथि हुने हिंसा दुर्ब्यबहार र रोजगारिका क्षेत्रा गरिने फरक ब्यबहारलाई अन्ते गर्न बिशेष कानुनको ब्यबस्था हुनु पर्छ ‌। उनिहरुको लागि   स्कूल कलेजहरूमा छात्रबृति को ब्यबस्था , सिपमुलक तालिम र रोजगारिका क्षेत्रहरुमा आरक्षणको ब्यबस्था गरिनु पर्दछ ।  हरेक गाँउ समाज र बस्तिहरूमा लैगिक पहिचान र सचेतना सम्बन्धि कार्यक्रमहरू गरि आफ्नै सन्तानलाई घृणा र दुर्ब्यबहार गरि घर निकाल गरि बेसाहारा बनाउने चलनको अन्ते गरिनु पर्छ ।

सुगिता शाह 
शिक्षण संलग्नता
आधारशिला कलेज, एन. सि. सि .एस. कलेज, परिबोध आवासिय विद्यालय 

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १४:१०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार