सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
२८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी(नाउपा) ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चाैधरी अध्यक्षमा निर्वाचित भएपछि बसेकाे पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे हाे ।
श्रेष्ठ रेशम चाैधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनाेनित गर्ने निर्णय गरेकाे बताउँदै नाउपाका अध्यक्ष चाैधरीले उक्त निर्णयकाे पत्र उनलाई पठाइएको बताए । नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेकाे छ ।