सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । छेडागाड नगरपालिकाले नयाँ बर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
का वा नगर प्रमुख चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरु, शाखामा कार्यरत अन्य कर्मचारी, स्वास्थ्य संस्थाका इन्चार्जहरु, गैरसरकारी संघसंस्थाका प्रतिनिधीहरु लगायतको उपस्थित थियो ।
नगरपालिकाको विभिन्न कार्यक्रम, सेवा, सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल तथा जनजीवन झल्काउने आकर्षक चित्र तथा जानकारी मसेटिएको भित्तेपात्रो शुक्रबार नगरपालिकाको सभाहलमा एक विशेष कार्यक्रम आयोजना गरी विमोचन गरिएको नगरपालिकाका सूचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए ।
भित्तेपात्रो विमोचन पश्चात बोल्दै का वा नगर प्रमुख चन्द्र बहादुर थापाले भित्तेपात्रो नगरको सम्पूर्ण नागरिकलाई सुसूचित र सेवामुखी बनाउने माध्यम भएको बताए । नगरपालिकाको सेवा प्रवाह, नागरिक अधिकार, विकास आयोजनाहरु तथा बार्षिक लक्ष्यहरुलाई चित्रण गर्दै जनतालाई सजग र सहभागितामूलक बनाउने अपेक्षा लिइएको का वा नगर प्रमुख थापाको भनाई छ ।
कार्यक्रमका सहभागीहरु सबैले नयाँ वर्ष २०८२ सम्पूर्ण नगरवासीका लागि शान्ति, समृद्धि र विकासको बर्ष बनोस् भन्ने शुभकामना व्यक्त गरेकोे सूचना अधिकारी बुढाले बताए ।