सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । नेकपा एमालेले संचालन गरेको जरा अभियान छेडागाड नगरपालिका १२ मा सम्पन्न भएको छ । एमालेले संचालन गरेको तीन महिने जरा अभियान वडा नं १२ मा सम्पन्न भएको पार्टीले बताएको छ ।
जरा अभियानको सिलसिलामा छेडागाड १२ नम्बर वडामा तीन पटक वडाको बैठक बसेको छ भने विभिन्न मितिमा ३ वटा टोल कमिटी गठन भएका छन । जस अन्तर्गत डाँडा टोल कमिटी ११ सदस्य गठन गरिएको छ । कमिटीको अध्यक्षमा पृथे दमाई रहेका छन । सिरुगार टोल कमिटी १३ सदस्यीय गठन भएको छ । कमिटीको अध्यक्षमा कृष्ण बहादुर महतारा चयन भएका छन ।
यसैगरी आला साल्मा टोल कमिटी १५ सदस्यीय गठन भएको छ । जसको अध्यक्षमा रतु सिंह चयन भएकी छन । अभियानको सिलसिलामा युवा संघ र अनेम संघको वडा कमिटी पनि गठन गरिएको छ । युवा संघ वडा कमिटी अध्यक्ष रामसिंह ठकुरी र सचिब गोबिन्द्र आर.सी.रहेका छन । यस्तै अनेम संघ अध्यक्षमा तुल्सी कुमारी सिंह चयन भएकी छन । अभियानको अन्त्यमा २०८२ सालको शुभकामना आदनप्रदान, टोल कमिटीलाई सपथ ग्रहण तथा प्रशिक्षण, वडा स्थतरीय समिक्षा, सदस्यता नवीकरण तथा नयाँ सदस्य आबेदन, पार्टी भित्रको समस्या समाधान र जेष्ठ कम्युनिस्ट पुर्ब जनप्रतिनिधि, संस्थापक पार्टी सदस्य, इमान्दार पार्टी सदस्यलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा एमाले प्रदेश कमिटी सदस्य एवम् कुशे गाउँपालिका इन्चार्ज नर बहादुर खत्री रहेका थिए । यस्तै कार्यक्रमको सभा अध्यक्ष वडा कमिटी अध्यक्ष जय बहादुर सिंहले गरेका थिए भने संचालन नवीन आर सी.ले गरेका थिए ।
यसैगरी कार्यक्रमका अन्य अतिथिहरुमा एमाले क्षेत्रीय कमिटी ख सचिब एवम् पुर्ब जिल्ला कमिटी सचिवालय सदस्य रत्न आर.सी., एमाले जिल्ला कमिटी सदस्य एवम् १२ न इन्चार्ज गणेश प्रशाद जैसी, एमाले जिल्ला कमिटी सदस्य एवम् १३ नम्बर इन्चार्ज तुल्सी बहादुर सिंह लगायत रहेका थिए । कार्यक्रमको स्वागत मन्तव्य वडा कमिटीका उपाध्यक्ष शान्त बहादुर रोकायले गरेका थिए भने समापन सभापति जय बहादुर सिंहले गरेको एमालेले बताएको छ ।