सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
दैलेख । डम्बर बहादुर खड्का स्मृति दोस्रो जिल्ला स्तरीय कराते प्रतियोगिता २०८२ सफलता पूर्वक सम्पन्न भएको छ । दैलेख नौमुले गाउँपालिकाका अध्यक्ष डा. छविराम सुबेदीको प्रमुख अतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताका सभाध्यक्ष जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष गोपाल बहादुर बुढा थिए । साथै प्रतियोगिता सम्पन्न गर्नका लागि जिल्लास्थित पत्रकार महासंघका अध्यक्ष अमर सुनार, सरकारी बिद्यालय प्रतिनिधि ललित बहादुर मल्ल, तरुण मिडियाका प्रबन्ध निर्देशक बिशाल सुनार, जेष्ठ नागरिक, बुद्धिजिव िलगायत खेलाडिहरुको उपस्थिति रहेको थियो । स्व डम्बर बहादुर खडकाको देहवसान भएको ३ वर्ष भए पनि प्रतियोगिता भने दोस्रो स्मृति जिल्ला स्तरिय प्रतियोगिता हो । उक्त प्रतियोगिता गराउनको उद्देश्य स्व डम्बर बहादुर खड्का प्रति सम्मान प्रदान गर्नु हो । खडका एक हक्कि, निडर, खेलप्रेमी, सफल ब्यापारी, संचार क्षेत्र, सामाजिक क्षेत्र लगायत बिभिन्न क्षेत्रमा अतुलनिय योगदान गरेका व्यक्ति पनि थिए ।
उनको छोरी हेमा खडका आयोजक गढि डोजो दैलेखकी प्रशिक्षक हुन । उनले भनिन, बुवाको सपना पुरा गर्नुको साथै, जिल्लामा खेलाडी उत्पादन गर्ने र अहिले १० औ राष्ट्रीय खेलकुद प्रतियोगिता पटक– पटक स्थगित गरायको अवस्था, जिल्लामा पालिकाले खेलाडीका लागि कुनै पनि प्रतियोगिता गर्न नसक्दा, कर्णालिका धेरै जिल्ला प्रशिक्षक बिहिन भएको हुदा, यस प्रतियोगिताले खेलाडीहरुमा आशा छाएको छ् । डम्बर बहादुर खडका स्मृति जिल्ला स्तरीय कराते प्रतियोगिताले खेलाडीहरुमा केहि हौसला अनि उर्जा मिलोस र आगामि दिनमा उक्त प्रतियोगिताले जिल्लामा राष्ट्रीय तथा अन्तराष्ट्रीय स्तरसम्म खेलाडी उत्पादन होस भन्ने उद्देश्यका साथ उक्त प्रतियोगिता गरिएको प्रशिक्षक खडकाले बताइन ।
महिला पुरुष गरि ४२ केजि, ५० केजि, ५५ केजि, ४५ केजि, ५० केजि र ६० केजि तौल समुहका जम्मा २५ जना खेलाडिको प्रतिष्पर्धा रहेको थियो । हरेक तौल समुहको खेल र काता तर्फको बिधाबाट ३ जना खेलाडिलाई उत्कृष्ट ट्रफि समेत प्रदान गरिएको थियो । Best Girls Trophy शृजना विष्ट, Best Boys Trophy राजेन्द्र बागटी र Best Trophy कृतिका कटुवालले पाउन सफल भएका छन । सहभागी बिजयी सम्पुर्ण खेलाडी, अतिथिहरुमा सम्मानपत्र, प्रमाणपत्र, मेडल, ट्रफि, मायाको चिनो दिएर आयोजकले सम्म्पुर्णमा हार्दिक कृतज्ञता ब्यक्त गरेको छ । आयोजक गढि डोजोका प्रशिक्षक अर्थात स्व डम्बर बहादुर खड्काको पुत्री हेमा खड्काले आफ्नो बुवाको सम्झानामा गरिने यस प्रतियोगितालाई जिल्ला देखि राष्ट्रीय स्तरसम्म गराउने लक्ष्य लिएकी छन । सरकार, वडा र जिल्लाका पालिकाले सहयोग गरेमा जिल्लामा खेलाडी उत्पादन गराउन सक्ने कुरा उनले बताइन ।