सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जनताको हक र हितको लागि निस्वार्थ भाबनामा जिबनलाइ समान्य ढंगबाट बुज्ने ब्यक्ति सन्सारमा कमै जन्मने गर्दछन ।त्यस्ता ब्यक्तिका रुपमा देश र जनताका लागि सदा समर्पणमा दुश्मन संग नझुकी आफ्नो बलिदानी दिने ब्यक्ति मध्य दैलेखी भुमिमा जन्मा लिएका दैलेख का पहिलो सहिद मयाराम रेग्मी हुनुहुन्छ ।दैलेख जिल्लाको तत्कालिन कटिदरा मेहेल्तोली पन्चायत हाल भगवतीमाइ गाउपालिका ०३ मा बुबा लालमणि रेग्मी र आमा झुपा रेग्मीको जेष्ठ सुपुत्रको रुपमा १९८५ साल फाल्गुन ०३ गते मुखिया परिवारमा जन्मनु भएको थियो ।
उहाको शिक्षा घरमा शिक्षक राखी गुरुकुल शिक्षा आर्जन गर्नु भएको थियो ।बि स २००४/२००५ साल देखि नै तत्कालीन राणासासनको विरुद्धमा मुखिया जिम्वाल संग सघघर्श गर्दै आउनु भएको थियो । मुखिया जिम्वालले रेग्मी लाई दु:ख दिने गर्दथे । मुखिया जिम्वालको अंतरदन्द च्जिचोल्दै २००८साल देखि नेपाल कम्युनिस्ट पार्टीको जनबर्गिय संगठन अखिल नेपाल किसान संघ कर्णाली प्रान्तीय समितिमा रहेर कम्युनिस्ट पार्टीमा समर्पित हिनु भएको थियो ।दैलेख बाट कर्णालीका विभिन्न लिल्लामा गै संगठन बिस्तार गर्ने गर्नु हुन्थ्यो । भुमिगतरुपमा राजनैतिक काम गर्दै आउनु भएको थियो । उहाँका राजनैतिक जिबनका विभिन्न घटना स्मरण योग्री छ्न ।उहाँलाइ पहिलो पटक पार्टीमा जोडीने अबसर२००८ सालमा तत्कालिन समयमा नेपाल भनेर चिनिने (काठमाडौं )बाट कम्युनिस्ट पार्टीका नेता प्रेमनरसिह राणा पार्टीको कामको सिलसिलामा नेता भवानी प्रसाद शर्मा को घरमा आउदा मिलेको हो ।तेस समयमा जग्गाको कर उठाउने काम चलिरहेको थियो ।कर उठाउने क्रममा पन्चायतका कर्मचारीले रु १ का दरले उठाउनु पर्ने कर रु ५ का दरले उठाएका थिए । कर्मचारीको बिरुद्धमा प्रेमनरसिह राणा भवानी प्रसद शर्मा मयाराम रेग्मी सहितले आवाज उठाइ असुली रकम फिर्ता गर्न लगाइ माफी माग्न लगाउनु भएको थियो।कर्मचारी कर नउठाइ जिल्लामा फर्केका थिए ।
बन मुदामा धुस खानेलाइ पनि तेसरी नै लखेटनु भएको थिउओ ।२०१० सालमा मनघरको जङे दमाइको भैसिले दुइटा पाडि पाएको कारण तत्कालीन निरंकुश सासनले भैंसी जफत र धनिलाइ २००० जरिवाना तोकेको थियो ।मयाराम रेग्मी सम्बन्धित ठाउमा गएर मुलुकी एन २०१० मा भएको ब्यवस्था के छ भनी खोज्दा मुखिया जिम्वाल भागेका थिए ।बनमा भैंसी पाले बापतको जिम्वाल मुखियालाई गोठाले दूध दिनु पर्ने प्रथाको अन्त्य गर्नु भएको थियो । यस्ता गतिबिधि देखि जिम्वाल मुखिया र बडाहालिमको आखाको कसिङर बन्नु भएको थियो । जग्गाको कर उठाउने कर्मचारी लखेटिए पछि बडाहाकिम रङ्गनाथ जोसिको आदेशमा तीन जनालाइ गिरप्तार गरि चार दिन सम्म गौडा घर (हालको प्रसासन कार्यालय) रहेको घरमा राखिएको य्हियो ।मयाराम रेग्मीलाई छुट्टाउन कटिदरा बाट १६०० जना मान्छेको भिड आइ छुटाएका थिए ।
कम्युनिस्ट पार्टीको कृयासिल सदस्य रहेका रेग्मीको राजनैतिक यात्रा यसरी सुरु भएको थियो । २०१६ सालमा चिनियाँ कम्युनिस्ट ब्यबस्था बुज्न चाइना जानू भएको थियो । नेपाल फर्के पछि हुम्लामा घरदैलो कार्यक्रम गर्दै गर्दा निरंकुश सासकले गिरप्तार गरि जुम्ला जेलमा राखेको य्हियो ।२०१६ सालमा जुम्ला जेलमा १८ महिना बिताउनु भएको थियो । घरबाट पैसा लागि जेलमा बुझाइ २०१७ साल कार्तिकमा जेल मुक्त हुनुभएको थियो ।जुम्ला जेलमुक्त भै दैलेख आएका रेग्मी पार्टीको सम्पर्कमा जानू भएको थियो ।सोही समयमा २०१७ साल पौष १ गते राजा महेन्द्रले दल माथी प्रतिबद्ध लगाए ।राजाको कु बिरुद्ध देशमा आन्दोलन भयो ।यसै समयमा काङ्ग्रेस र कम्युनिस्टको सन्युक्त कार्बाही सुर्खेत जिल्लाको गोठिकाडामा प्रहरी चौकिमा भयो । यो समयमा मयाराम रेग्मी यसै मोर्चामा हुनुहुन्थ्यो । कार्बाहिमा प्रहरी जवान चन्द्र बहदुर शाही को मृत्यु भयो । चौकी कब्जा भयो ।तेस पछि कुनै पनि राजनैतिक पार्टीका मान्छे देख्न बित्तिकै धरपकड र हत्या हुन थाले ।
२०१७ साल पौष १ गते देखि संगठनको सम्पर्क सुधार्न रेग्मिले भुमिगतरुपमै राजनैतिक कामलाइ अगाडी बढाइ रहनु भएको थियो । बि स २०१७ साल पौष २४ गते बिहान दैलेखको चौराठा बाट गिरफ्तार गरि दैलेख हिरासतमा राखेर पार्टीमा लागेको होइन भन कागज गरछोडि दिन्छौ भनेका थिए ।उहाँले मान्नु भएन म गरिब किसान सर्भारा जनताको पक्षमा लागिरहन्छु भन्नू भयो ।कठोर मन र दृढ बिचारका धनी मयाराम रेग्मीलाई हातमा पिन ठाेकी चरम यातना दिइएको थियो । त मर्दै छ्स केही खबर छ भने तेरो खबर घरमा पुर्याइ दिन्छौ भन्ने प्रश्नमा मयाराम रेग्मीको जवाफ मेरो खबर शोसित पीडित जनताले पुर्याउछ्न तिमी जस्ता निरंकुश सोसकिले दिनु पर्दैन । यसै गरि २०१८साल माघ २४ यातनाले आधा मरेको मयाराम रेग्मीको शरीरलाई बडाहालिम रङ्गनाथ जोसिको आदेशमा बोरामा हाली बोराको मुख बन्द गरि प्रसासन कार्यलयको माथेल्लो तलाको पुर्ब २ नम्मर झ्याल बाट फाली जिबनलिला समाप्त गरेका हुन ।
मेरो घरमा राजनितीमा कोहि नभएको कारण यो अगाडी बढन सकेन २०५६ सालमा पुर्ब प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई सान्ती समितिको अध्यक्ष भएको बेला राहात स्वरुप १००००० एक लाख प्राप्त भएको हो । म सानै देखि घर बाहिर भएकोले अरुलाइ भन्ने काम न्हयो तर कसैले गरेनन गरे त प्रतिस्ठान खोल्ने र रकम मागेर खाने काम गरे । बाटोको नामाकर गरे मध्य पहाडी लोकमार्ग गए पछि यो पनि ओझेलमा छ । म जिल्लामा आए देखि ५ बर्ष भयो मेरो आफ्नो ख्र्च एक डेढ लाख भैसक्यो तर फाइल प्रसासन बाट अगाडी जादैन । ५ वटा सि डि ओ फेरिए मेरो ठुलो बुबालाइ सहिद घोषणा गर्ने सपना फेरिएन ।एअक फाइल मुख्य मन्त्री कार्यालयमा छ ।हुदैन पनि भन्दैनन काम पनि गर्दैनन् कस्ले किन रोकेको छ पता लगाउन जरुरी छ ।