इकाई भेला

छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय डुडुवाको इकाई भेला सम्पन्न

बुधबार, माघ २४, २०८०

माघ २४, बाँके । छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय डुडुवाले मंगलबार नेपाल्गन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउपालिकामा रहेको आफ्न सदस्य, अभिभावकहरु लाई डुडुवा ५ कम्दिमा भेला गराई शाखाको तेस्रो ग्राहक÷सदस्य  गुनसो सुनुवाई (इकाइ भेला) कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त भेलामा ३ जना उत्कृष्ट सफल व्यावसायीलाई नगद ३५१५ पुरस्कार सहित सम्मान पत्र प्रदान गरेको छ । शाखाका १० वटा उत्कृष्ट इकाई (समूह)लाई  १७५५० पुरस्कार सम्मान पत्र र १० इकाई (समूह) १० जनाको छोरी पढाउनको लागि रु ३६०० का दर ले रु ३६००० छात्रवृत्ति प्रदान गरेको छ । उक्त कार्यक्रममा सदस्य ७८ जना र अभिभावक ३२ जनागरि कुल ११० जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यावसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने, डिजिटल प्राविधिको कसरी प्रयोग गर्ने आदि कुराहरुको बारेमा  बित्तीय संस्थाका सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षण बिभागिय प्रमुख तारा नाथ महतो, प्रदेश प्रबन्धक राम नाथ महतो अनुगमन प्रमुखहरू टेक राज पन्त, सन्जयराज बिष्ट, सूचना प्रविधि सहायक रुपेश अर्याल, शाखा प्रबन्धक ओम प्रकाश बुढा र डुडुवा शाखाका आकर्मचारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार