छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय कोहलपुर (क) इकाई भेला सम्पन्न

बिहीबार, माघ २५, २०८०

माघ २५, बाँके । छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय कोहलपुर (क) ले बुधबार नेपाल्गन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउपालिकामा रहेको आफ्न सदस्यहरु, अभिभावकहरु लाई कोहलपुर ११ साझाचोकमा भेला गराई शाखाको १३ औ ग्रहाक÷सदस्य  गुनसो सुनुवाइ (इकाइ भेला) कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त भेलामा ३ जना उत्कृष्ट सफल व्यावसायीलाई रु ३५१५ पुरस्कार सम्मान पत्र र शाखाका १० वटा उत्कृष्ट इकाई (समूह)लाई १७५५० पुरस्कार सम्मान पत्र र १० इकाई (समूह) १० जनाको छोरी पढाउन कोलागि ३६०० का दरले रु ३६००० छात्रवृत्ति प्रदान गरेको छ । 

उक्त कार्यक्रममा सदस्य १८६ जना र अभिभावक ७५ जनागरि कुल २६१ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यावसायिक ज्ञान, बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने डिजिटल प्राविधिको कसरी प्रयोग गर्ने आदि कुराहरुको बारेमा प्रशिक्षण दिइएको थियो ।

यस्तै बित्तीय संस्थाका सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षण बिभागिय प्रमुख तारा नाथ महतो, प्रदेश प्रबन्धक रामनाथ महतो अनुगमन प्रमुखहरू टेक राज पन्त, सन्जयराज बिष्ट, सूचना प्राविधिक सहायक रुपेश अर्याल, शाखा प्रबन्धक कृष्ण बहादुर थापा र कोहलपुर ख शाखाका शाखा प्रबन्धक तपेन्द्र बहादुर साउद, डुडुवा शाखाका शाखा प्रबन्धक ओमप्रकाश बुढा र कोहलपुर क शाखाका कर्मचारीहरुले कार्यक्रमलाई सहजीकरण गरि कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार