गम्भीर ध्यानाकर्षण

जिल्ला समिति सदस्य खडकलाई पक्राउ गरेको प्रति नेकपा जाजरकोटको ध्यानाकर्षण

बिहीबार, माघ २५, २०८०

माघ २५, जाजरकोट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जाजरकोटले जिल्ला समिति सचिवालय सदस्य खडक सीलाई पक्राउ गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । जिल्ला इन्चार्ज विराजन सीले समाजमा भएका सबैप्रकारका बिकृती र बिसंगतीका विरुद्ध लडाई लडीरहेका अभियान्तालाई गुण्डाशैलीमा गिरफ्तार गरेको भन्दै ध्यानाकर्षण भएको बताएका छन । 

भेरी नगरपालिकाको आयोजनामा सर्बदलिय बैँठकमा बसिरहेको अवस्थामा बिहीबार बैँठक स्थलबाटै गुण्डाशैलीमा गिरफ्तार गरेर शान्तिको प्रत्याभुती गराउछु भन्नू मुर्खता र भ्रम बाहेक अरु केही नभएको समेत उनले दाबी गरेका छन । 

गिरफ्तार गरिएका जिल्ला समिति सचिवालय सदस्य खडक सीलाई तत्काल रिहाईका लागि समेत जिल्ला इन्चार्ज विराजन सीले प्रशासन सँग अनुरोध गरेका छन । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्