छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय कोहलपुर (ख) इकाई भेला सम्पन्न

बिहीबार, माघ २५, २०८०

माघ २५, बाँके । छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय कोहलपुर ( ख) ले बिहीबार नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका र बर्दियाको बाँसगढी नगरपालिकामा रहेका आफ्ना सदस्य, अभिभावकहरुलाई कोहलपुर ११ मा रहेको कोहलपुर पार्टिप्यालेसमा भेला गराई शाखाको सातौँ ग्रहाक÷सदस्य गुनसो सुनुवाइ (इकाइ भेला) कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त भेलामा ३ जना उत्कृष्ट सफल व्यावसायीलाई रु ३५१५ पुरस्कार सम्मान पत्र र शाखा का १० वटा उत्कृष्ट इकाई(समूह)लाई  १७५५० पुरस्कार सम्मान पत्र र १० इकाई (समूह) १० जनाको छोरी पढाउनको लागि  रु ३६०० का दर ले रु ३६००० छात्रवृत्ति र एसइइमा उत्कृष्ट अंक प्राप्त गर्न सफल सदस्यको छोरीलाई रू ७५०० प्रदान गरेको छ ।

उक्त कार्यक्रममा सदस्य १९० जना र अभिभावक ९० जना गरि कुल २८० जनाको सहभागिता रहेको थियो ।छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कर्यालय कोहलपुर ( ख) इकाई भेला सम्पन्न उक्त कार्यक्रममा कर्जाको महत्व, सदुपयोगिता, व्यावसायिक ज्ञान,  बित्तीय साक्षरता, बचतको महत्व, सफल उद्यमी कसरी बन्ने, डिजिटल प्राविधिको कसरी प्रयोग गर्ने आदि कुराहरुको बारेमा  प्रशिक्षित गरिएको थियो ।

बित्तीय संस्थाका सामाजिक उत्तरदायित्व तथा ग्राहक संरक्षण बिभागिय प्रमुख तारा नाथ महतो, प्रदेश प्रबन्धक राम नाथ महतो, अनुगमन प्रमुखहरू टेक राज पन्त, सन्जयराज बिस्ट,सूचना प्राविधि सहायक रुपेश अर्याल, शाखा प्रबन्धक  तपेन्द्र बहादुर साऊद र डुडुवा शाखाका शाखा प्रबन्धक ओम प्रकाश बुढा र कोहलपुर क शाखाका शाखा प्रबन्धक कृष्ण बहादुर थापा र शाखाका सम्पुर्ण कर्मचारीले कार्यक्रमलाई सहजीकरण गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार