सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माघ २५, जाजरकोट । छेडागाड नगरपालिकाको १५ औ नगरसभा तथा सातौ विधायन अधिवेशन सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिहको प्रमुख आतिथ्यतामा नगरपालिकाको १५ औ नगरसभा तथा सातौं विधायन अधिवेशन सफलतापुर्बक सम्पन्न भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगबहादुर रोकायले जानकारी दिएका छन ।
सभाका प्रमुख अतिथि मन्त्री सिंहले नगरपालिकाको समृद्धि र विकासको लागि सबैले हातेमालो गर्नु पर्ने बताए । प्रदेश सरकारको तर्फबाट नगरपालिकाको गर्नु पर्ने विकासको कामको लागि आफुले भूमिका खेल्ने समेत मन्त्री सिंहले बताए ।
यसैगरी नगरसभाले वितरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८०, तालिम गोष्ठी तथा बैठकमा दिइने पारिश्रमिक र भत्ता सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८०, छेडागाड नगरपालिकाको शिक्षा नियमावलीको दोस्रो संशोधन गर्न बनेको विधेयक २०८०, छेडागाड नगरपालिकाको आर्थिक ऐन २०८० को पहिलो संशोधन गर्न बनेको विधेयक २०८०, १२ नं वडा केन्द्र निर्धारण लगायत पारित गरेको छ ।