सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
माघ २८, दोलखा । दोलखाको सदरमुकाम चरिकोटस्थितको च्छोरोल्पा जनरल अस्पताल प्रालिले जिल्लामै पहिलो लङ फङसन टेस्ट ( स्पाई रो मेट्री ) सञ्चालनमा ल्याएको छ । बिरामीमा देखिएको श्वासप्रश्वास रोग दम वा फोक्सोमा हुने अन्य रोग हो भनी पत्ता लगाएर उपचार गर्न सजिलोको लागि यो विधि सञ्चालनमा ल्याइएको अस्पताल प्रमुख डा.विनोद दङगालले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो विधिबाट परीक्षण थालिको दुई दिनमा १५ जनाको परीक्षण गर्दा पाँच जनामा मात्र दमको रोग भेटिएको र उपचार सुरु गरिएको छ । श्वासप्रश्वासमा खराब देखिने बित्तिकै दमको औषधि दिइने गरिएको थियो । दमको रोग नभएकालाई दमको औषधी दिँदा ग्यास्ट्रिकलगायतका अन्य रोगहरू उब्जिने गरेको पाइएको छ । अब रोग पत्ता लगाएर उपचार गर्न सजिलो भएको छ ।
सुर्तीजन्य पदार्थ सेवन, लामो समयको खोकी, उकालो आेरोलो हिँड्दा थाकेको महसुस हुने,थाइराइड, रगतको कमी,मुटु रोगलगायतले श्वासप्रश्वासमा खराबी हुन्छ । अस्पताल प्रमुख डा.दङगालले भन्नुभयो, श्वासप्रश्वासका खराबीमा रोगको यो विधिबाट रगतको कमी,मुटुको रोग, फोक्सोका रोग तथा दम छुटिन्छ र उपचार गर्न सजिलो हुन्छ ।
यो प्रविधिले श्वासप्रश्वासमा खराबी देखिने बित्तिकै दमको रोग मात्र नभएर अन्य रोग पनि हुने परीक्षणबाट स्पष्ट भएर बिरामीलाई उपचार गर्न सजिलो र बिरामीलाई आर्थिक भार नहुने उहाँले स्पष्ट पार्नुभयो ।